Thursday, January 10, 2013

577. त्यो तितो अतित सम्झिएँ मध्य रातमा..!!

त्यो तितो अतित सम्झिएँ मध्य रातमा..!!
सकिनँ सम्हालिन पिएँ मध्य रातमा..!!

जूनकिरीहरु सपनामा आए पछि..
अन्धकार चुम्नलाई उभिएँ मध्य रातमा..!!

भित्तामा शहिदको तस्बिर नियालेर..
बर्षात झैँ आँखाबाट पोखिएँ मध्य रातमा..!!

यो शहर बिरानो छ यो रहर अनन्त छ..
एक्कासी उफ् फेरी पछारिएँ मध्य रातमा..!!

समीपै निदाएकी मुटुकी धड्कनलाई..
यो गजल सुनाउन तम्सिएँ मध्यरातमा..!!

लक्ष्मण 'मिलन' विष्ट
अछाम, कालिकास्थान

No comments :

Post a Comment