Showing posts with label दीर्घ क्षत्री विवश. Show all posts
Showing posts with label दीर्घ क्षत्री विवश. Show all posts

Sunday, October 28, 2012

488.दुई किनार भयौँ हामी , भेट्न सकिन ।

दुई किनार भयौँ हामी , भेट्न सकिन ।
याद बनी मनमा रह्यौ , मेट्न सकिन ।।

छाती पोल्छ मुटु जल्छ , सहुँ कसरी ।
मर्न भनी आफ्नो गला , रेट्न सकिन ।।

गोरो रुप चिप्लो बोली , चाल कपटी ।
मुहार हेरी मनको कालो ,देख्न सकिन ।।


झर्यो आशुँ भिज्यो गह , गयो सुकेर ।
आशुँले नै मेरो ब्यथा , लेख्न सकिन ।।



दीर्घ क्षत्री विवश
UAE

Thursday, August 30, 2012

212.पर्दैन भो भो अर्थहिन् ताली ।


पर्दैन भो भो अर्थहिन् ताली ।
प्यारो छ बरु विवेकशिल् गाली।।

भर्नुछ ज्ञानले अज्ञानका दोब ।
नराखी कतै कुनै ठाम्  खाली ।।

फुलाउँ फूल रोपेर बागमा ।
भएर आँफै कर्मठ माली ।।

सुकर्म रोजौँ देखाउँ बाटो ।
गर्नुछ सफा फोहोरी नाली ।।

विचार हामी सम्रिद्ध बोकौँ ।
 जोत्नु छ बाँजो बनेर फालि ।।
       
दीर्घ क्षत्री विवश
मरुभूमिको संसार  ...

Sunday, August 19, 2012

188. फूल सम्झी दिलमा राखे , काँडा बनी बिझ्यो बरै ।

फूल सम्झी दिलमा राखे , काँडा बनी बिझ्यो बरै ।
मन दुख्यो आसुँ झर्यो , परेली पो भिज्यो बरै ।।

फलामका जन्जिर जस्तै ,थिए हाम्रा वाचा कसम् ।
एकै झोक्का हावा चल्दा ,धागो जस्तै छिन्यो बरै ।।

गुलाबको फूल रोजेँ , शिर माथि सजाउन ।
हाँगै भाँची कुन दैवले , लिएरनै हिड्यो बरै ।।

बेचिदैन भन्थे माया , सुन् चाँदी झै जोखिएर ।

धन् हुनेले धनै हाली , माया पनि किन्यो बरै ।।

दीर्घ क्षत्री विवश
मरुभूमी को संसार

Thursday, August 9, 2012

166.प्रतिक्षामा समय , काट्न कति गाह्रो ।

प्रतिक्षामा समय , काट्न कति गाह्रो ।
आफूलाई आफैले , ढाट्न कति गाह्रो ।।

मुटुराखी बन्दकी , अरु कसै सङ्ग ।
सम्झनामा तड्पेर , बाँच्न कति गाह्रो ।।

मनभरी घाऊ छ , पीडा अनगिन्ति ।
चिरा पारी कलेजो ,हाँस्न कति गाह्रो ।।

डुबे पनि आँशुमा ,रोपिदा नि झिरमा ।
मृत्यु सङ्ग जीन्दगी , साट्न कति गाह्रो ।।

नजिक भयो मदिरा , तिमी टाढा हुँदा ।
तिमीलाई नसम्झी , मात्न कति गाह्रो ।।

दीर्घ क्षत्री विवश
मरुभूमी को संसार

Saturday, August 4, 2012

151.सर्व थोक खाए पनि भोको छ काठमाडौं ।


सर्व थोक खाए पनि भोको छ काठमाडौं ।
अभावमा पिल्सियर रो'को छ  काठमाडौं।।

ढल खन्याइ नुहाउछ रातको अँधेरिमा ।
तर पनि रारा भन्दा चोखो छ काठमाडौं।।

मै नै खाउँ मै नै लाउँ भन्दछ सधैंभरी ।
छल छाम भ्रष्टचारको पोको छ काठमाडौं।।

गाउँलाई पछारेर अगाडि भागेकोछ ।
महङ्गिको सगरमाथा छोको छ काठमाडौं।।

हिमाल पहाड नदी ताल हेरेर मनै भरें  ।
मन्दिरको शहर हेर्ने धोको छ काठमाडौं।।

दीर्घ क्षत्री विवश
मरुभुमिको संसार

Thursday, August 2, 2012

146.ढुङ्गा हानी हानी मार्यौ , फूल दियौ मरे पछि ।


ढुङ्गा हानी हानी मार्यौ , फूल दियौ मरे पछि ।
फुल्दा सम्म वास्ना लियौ ,कुल्ची हिड्यौ झरे पछि ।।

अङ्गालोमा बेर्नु बेर्यौ , मन्का चाह सबै फेर्यौ ।
लौरो भूली गयौ तिमी , जङ्घार हरु तरे पछि ।।

देखावती आसुँ झार्यौ , संसारलाई छक्क पार्यौ ।
काल आई मेरो प्राण , सधैंलाई हरे पछि ।।

रहेछन नि तिम्रा वाचा , सबै सबै आला काँचा ।
बल्ल आज थाहा पाए , अन्तै डेरा सरे पछि ।।

जानेकाछौ चोट दिन , सक्नु पर्छ पिडा लिन ।
दर्द के हो थाहा हुन्छ , अचानोमा परे पछि ।।

दीर्घ क्षत्री विवश
मरुभुमिको संसार