Thursday, August 2, 2012

146.ढुङ्गा हानी हानी मार्यौ , फूल दियौ मरे पछि ।


ढुङ्गा हानी हानी मार्यौ , फूल दियौ मरे पछि ।
फुल्दा सम्म वास्ना लियौ ,कुल्ची हिड्यौ झरे पछि ।।

अङ्गालोमा बेर्नु बेर्यौ , मन्का चाह सबै फेर्यौ ।
लौरो भूली गयौ तिमी , जङ्घार हरु तरे पछि ।।

देखावती आसुँ झार्यौ , संसारलाई छक्क पार्यौ ।
काल आई मेरो प्राण , सधैंलाई हरे पछि ।।

रहेछन नि तिम्रा वाचा , सबै सबै आला काँचा ।
बल्ल आज थाहा पाए , अन्तै डेरा सरे पछि ।।

जानेकाछौ चोट दिन , सक्नु पर्छ पिडा लिन ।
दर्द के हो थाहा हुन्छ , अचानोमा परे पछि ।।

दीर्घ क्षत्री विवश
मरुभुमिको संसार

No comments :

Post a Comment