Showing posts with label विष्णु प्रसाद पाल्पाली. Show all posts
Showing posts with label विष्णु प्रसाद पाल्पाली. Show all posts

Wednesday, June 13, 2012

96.धने साहुको भारी बोक्यौ ...

विष्णु प्रसाद पाल्पाली,

    धने साहुको भारी बोक्यौ सकिन म देख्न आमा।
    तिम्रा पाउँका ठेला फुट्दा सकिन म सेक्न आमा॥

    कर्मलाई दोष के लगाम र तिम्रो कोखनै भाग्यमेरो।
    गरीबीले च्याप्दा भाग्य सकिन म लेख्न आमा॥

    त्यो दिन घरमा धनेसाहु आई कराूउँदा।
    त्यसको मुखमा बिसहजार सकिन म फेक्न आमा॥

    पिरैपिरमा तिमले संसार मलाई त्यागी गयौ।
    मलाई दैब लाग्दा तिम्रो सकिन काल छेक्न आमा॥

    आँखा खोुल आमा तिम्ले आयो तिम्रो जेठो।
    तिमिबिना धर्तिमा पाहिला सकिन म टेक्न आमा॥

    ☺विष्णु प्रसाद पाल्पाली

95. तिनै हुन मेरी आमा...

विष्णु प्रसाद पाल्पाली

    तिनै हुन मेरी आमा पिठ्युमा घाँसको भारी।
    गाउँबेसी बोकि हिँडने गाउँकी कुनै नारी॥

    एकछाक टार्न कति गाह्रो कठै बरा तिनलाई।
    पसिनाले लुछरुप्प भिज्दै हिँड्ने ति लाचारी॥

    सन्तानको भोक मेटाउन बलिदान दिने महान।
    धन्य हौ आमा तिमी आफ्नो पेटको भोक मारी॥

    बुढेसकाल मा रोगले च्याप्दा अई या नभनि।
    खोक्दै खोक्दै खन्छेउ आमा बाँजो त्यो बारी॥

    बाध्यताले परदेशिय तिम्लाई गाउँमा छाडि।
    मेरै बाटो हेर्दै बसि हौली डाँडापारी॥

    अस्ती रामेको फोन आथ्यो भन्थ्यो भैँसि मर्यो अरे।
    बाख्रो पनि बाघले लएछ रैछु कति कर्महारी॥

    तातो हावा खाुछु आमा बिरानो बालुवामा।
    फर्कि आउँछु सक्दिन म बस्न आँशु झारी॥

    तिम्रै सेवा गर्छु आमा तिम्रै काखमा मर्छु बरु।
    बुढेसकाल को सबै तिम्रा दुख जति स्यहारी॥

    जान्न आमा फर्किएर नेपाल माया मारी॥
    तिम्रो माया मारी॥

    ☺विष्णु प्रसाद पाल्पाली