विष्णु प्रसाद पाल्पाली, |
धने साहुको भारी बोक्यौ सकिन म देख्न आमा।
तिम्रा पाउँका ठेला फुट्दा सकिन म सेक्न आमा॥
कर्मलाई दोष के लगाम र तिम्रो कोखनै भाग्यमेरो।
गरीबीले च्याप्दा भाग्य सकिन म लेख्न आमा॥
त्यो दिन घरमा धनेसाहु आई कराूउँदा।
त्यसको मुखमा बिसहजार सकिन म फेक्न आमा॥
पिरैपिरमा तिमले संसार मलाई त्यागी गयौ।
मलाई दैब लाग्दा तिम्रो सकिन काल छेक्न आमा॥
आँखा खोुल आमा तिम्ले आयो तिम्रो जेठो।
तिमिबिना धर्तिमा पाहिला सकिन म टेक्न आमा॥
☺विष्णु प्रसाद पाल्पाली
No comments :
Post a Comment