Wednesday, June 13, 2012

97.के गरुँ म...

राम शरण श्रेष्ठ
आकासमा तारा सँगै जुनछ त के गरुँ म ।।
तिम्लाई मेरै गजलले छुन्छ त के गरुँ म ।।

सक्दिँन म तिमी सँगै, सँग सँगै अघि बढ्न
हिड्न एक्लै अति गाह्रो, हुन्छ त के गरुँ म ।।

बुझ्नु पथ्र्यो तिम्ले पनि, सबै खवर पहिलानै
पस्चातापमा मनतिम्रो, रुन्छ त के गरुँ म ।।

एकोहोरो हुन्न मायाँ, बिर्सिदिनु पर्छ तिम्ले
वियोगको हामी विचमा, धुनछ त के गरुँ म ।।

छोडिदेउ पागलपन, लाख पल्ट सम्झाईसकेँ
तर पनि मेरै धड्कन, सुन्छ त के गरुँ म ।।

सपनाको राजकुमार, अर्को होला तिम्रो कतै
भन्दापनि "राम" लाईनै, चुन्छ त के गरुँ म ।।

राम शरण श्रेष्ठ
चिसापानी – ६,
रामेछाप ।
http://chisapaninepal.blogspot.com/

No comments :

Post a Comment