विष्णु प्रसाद पाल्पाली |
तिनै हुन मेरी आमा पिठ्युमा घाँसको भारी।
गाउँबेसी बोकि हिँडने गाउँकी कुनै नारी॥
एकछाक टार्न कति गाह्रो कठै बरा तिनलाई।
पसिनाले लुछरुप्प भिज्दै हिँड्ने ति लाचारी॥
सन्तानको भोक मेटाउन बलिदान दिने महान।
धन्य हौ आमा तिमी आफ्नो पेटको भोक मारी॥
बुढेसकाल मा रोगले च्याप्दा अई या नभनि।
खोक्दै खोक्दै खन्छेउ आमा बाँजो त्यो बारी॥
बाध्यताले परदेशिय तिम्लाई गाउँमा छाडि।
मेरै बाटो हेर्दै बसि हौली डाँडापारी॥
अस्ती रामेको फोन आथ्यो भन्थ्यो भैँसि मर्यो अरे।
बाख्रो पनि बाघले लएछ रैछु कति कर्महारी॥
तातो हावा खाुछु आमा बिरानो बालुवामा।
फर्कि आउँछु सक्दिन म बस्न आँशु झारी॥
तिम्रै सेवा गर्छु आमा तिम्रै काखमा मर्छु बरु।
बुढेसकाल को सबै तिम्रा दुख जति स्यहारी॥
जान्न आमा फर्किएर नेपाल माया मारी॥
तिम्रो माया मारी॥
☺विष्णु प्रसाद पाल्पाली
मेरो गज़ललाई स्थान दिनु भएकोमा धन्येबाद यहाँलाई
ReplyDelete