Wednesday, June 13, 2012

94. मैले देखेको देवदास ,,,,,,,,,,,,,,,,,

नविन नेपाल,


एउटा जमिनदार देवदास हुन्छ्,
पार्वती उस्को प्रेम प्यास हुन्छ,

हुकुमतको घमन्ड देखापर्छ जब्
समस्या र बाधाको रास हुन्छ,

बुझाउन खोज्छ अमर प्रेम गाथा
आखिर एक्लो घर न बास हुन्छ,

बिहा गर्छे पारु जोगाउन इमान्
निल्नु न ओकल्नुको गास हुन्छ,

पारु भुल्ने सहारा नसा लिन्छ देव्
रक्सिको कुलतले सर्बनास हुन्छ,

दियो निम्छ पारुको तेलबाकी छदै
उस्को घरको दैलामा लास हुन्छ,

Nabin Nepal
Bhaktapur

No comments :

Post a Comment