Showing posts with label सुर्य चेम्जोङ्ग. Show all posts
Showing posts with label सुर्य चेम्जोङ्ग. Show all posts

Friday, June 15, 2012

117.आज फेरी नयनमा (सुर्य चेम्जोङ्ग)

सुर्य चेम्जोङ्ग,
    आज फेरी नयनमा चाँदनी याद आयौ
    जब देखी टाढा भयौ अनि याद आयौ

    भएन मिलन कहिले दुई किनाराको
    नबोलेरै नभेटेरै पनि याद आयौ

    भुल्नलाई कैयौँ चोटी प्रयास गरे नि
    बिर्सिएर पनि झन झनी याद आयौ

    उर्लिरहे मन भरी छाल सम्झनामा
    कुनै दिन मेरी थियौ भनि याद आयौ

    न चाहेरै भुल्न सक्छु अब तिमीलाई
    सधैँ साथ हुने छाँया बनि याद आयौ
सुर्य चेम्जोङ्ग, 

Wednesday, June 13, 2012

103.मलाई रातो चोलीको ...

सुर्य चेम्जोङ्ग,
मलाई रातो चोलीको झ–झल्को आँखामा
आउँछ जादु बोलीको झ–झल्को आँखामा

खोला पारी सँगै पुगि यात्रा मोडिए नि
साथ तरेको खोलीको झ–झल्को आँखामा

हाँसी हाँसी बिदा गरेँ एउटा याद रहयो
उनि चढेको डोलीको झ–झल्को आँखामा

बिर्सनेले बिर्से पनि आई रहँदो रहेछ
सिन्दुरी रंग होलीको झ–झल्को आँखामा

झ–झल्को मै बैँश गए पछि नाच्न थाल्यो
एक्लो जिवन भोलीको झ–झल्को आँखामा
सुर्य चेम्जोङ्ग,

102.निभि सके प्रतिक्षाका ..

सुर्य चेम्जोङ्ग
   निभि सके प्रतिक्षाका सबै दियो बाँकी
    ऊ आउने साँझ सम्म आशा थियो बाँकी

    बाँड्दा बाँड्दै रित्याएर बचाएको खुशी
    समयले त्यहि पनि खोसी लियो बाँकी

    बैश खस्यो नफक्रदै चैत्र बैशाखमा
    मैले जिएँ बैश न त उस्ले जियो बाँकी

    न ऊ मेरो न म उस्को हुन सकेँ।।अब
    एक्लै भई बिताई दिन्छु जिन्दगी यो बाँकी
  सुर्य चेम्जोङ्ग