Thursday, February 3, 2011

८. गजल - सुरजदेव श्रेष्ठ ऐयार

सुरजदेव श्रेष्ठ ऐयार
देखेपछी तिम्रो निशानी आजभोली
बल्झेको छ उस्तै कहानी आजभोली

जब जब बिर्सी सम्हालिन खोज्छु
हुन्छु मुर्छा झनै नमानी आजभोली

साथी भाई सबै भन्न थालेका छन्
अनौठो छ तेरो यो'बानी आजभोली

गल्ली गल्ली तिम्रै शहर भित्र हुन्थें
ब्यर्थ लाग्छ सबै लगानी आजभोली

जलाएकी थियौ मुटु सबै सामु
भएको छ हेर खरानी आजभोली

हरेक प्रहर प्याला-प्याला भित्र हुन्छु
बेहोसिमै बित्छ जवानी आजभोली

No comments :

Post a Comment