Sunday, February 20, 2011

३४ गजल - दिनेश मधु "रेड लेवल गजल"


दिनेश मधु













मज्जा अर्कैआउछ पार्दा सुरुक्क रेड लेवल
मुर्दा पनि उठ्छ सुन्दा जुरुक्क रेड लेवल l

दुध,दहीको भन्दा पनि यसको तागत रै'छ
क्षणभरमै थाल्छ काम खुरुक्क रेड लेवल l

अमृत पनि छोड्दा रैछन यस्लाई भेट्दा मान्छे
युवा ,बृद्ध  हुन्छन   पाउदा  फुरुक्क रेड लेवल l


रात-दिन स्वास्नी ज्युको हैकम चल्ने घरमा
चढाए'सी   हुन्छे बुढी   थुरुक्क   रेड लेवल l

No comments :

Post a Comment