![]() |
- केशब शर्मा |
सद्धे मान्छे ढाल्दै हिड्ने तिम्रो गोलीको भरोसा छैन ॥
सिंचन पाउने मिठो आशमा खडेरी मै जुनी बित्यो
कैले उभों कैले उँधो, तिम्रो खोलीको भरोसा छैन ॥
झुठा सपना नबांड भो, यथार्थमै रमाउन देउ
मागी हिड्ने तिमी आफै, तिम्रो झोलीको भरोसा छैन ॥
तिमी त्यागी तिमी दृढ, केहि गर्छौ ला'थ्यो सबलाई
मान्छे पिच्छे बोली बेग्लै, तिम्रो टोलीको भरोसा छैन ॥
यति धेरै काम छन यहाँ सक्नु पर्ने आज अहिल्यै
सधै भोली भनी टार्छौ, तिम्रो भोलीको भरोसा छैन ॥
पराजित छ यो देश सदा तिम्रो माला अबीर संग
बेमौसममा रंग खेल्छौ, तिम्रो होलीको भरोसा छैन ॥
- केशब शर्मा
Keshab Sharma
Brisbane, QLD
Australia
No comments :
Post a Comment