Wednesday, February 16, 2011

३२.गजल -बिमल पराजुली


बिमल पराजुली










मुटु दुख्यो अनि रोएँ माटो दुख्यो अनि रोएँ !
शान्ती छर्दै बुद्ध हिंड्ने बाटो दुख्यो अनि रोएँ !

आफु-आफु मारामार गर्न खोज्दा दाजु-भाई !
रगतले मुछिएको टाटो दुख्यो अनि रोएँ !!

चोटै चोट छातीभरी लागेकोछ यो देशको !
निको नहुँदै फेरी त्यो खाटो दुख्यो अनि रोएँ !

महेशपुर सुस्ता अनि कालापानी पालैपालो !
कैले यौटा कैले अर्को पाटो दुख्यो अनि रोएँ !!

बिमल पराजुली
काठमाडौं, नेपाल ।
२०६७।१०।२३ 

No comments :

Post a Comment