Monday, February 14, 2011

३१.गजल-मदन भट्ट

मदन भट्ट











तिम्रै काखमा निदाएका पल याद आउँछन्।
तिमी संगै बिताएका पल याद आउँछन्।

हाम्रो चोखो मायाका ती समर्पणका भावहरु,
गजलमै सुनाएका पल याद आउँछन्।

हाम्रो प्रेम अमर थियो हामी मुना "मदन" भई,
पिरतिमैँ रमाएका पल याद आउँछन्।

तिम्रै काखमा निदाएका पल याद आउँछन्।
तिमी संगै बिताएका पल याद आउँछन्।


~भट्ट,मदन
रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि. किर्तिपुर काठमाण्डौँ।

No comments :

Post a Comment