Monday, February 14, 2011

३०. गजल -मदनभट्ट,

मदनभट्ट











तिमी मुस्काउँदा जून लजाउँछ।
भँमराले फूल छून लजाउँछ।

सुमधुर रसिक बोली भैदिदाँ,
मुरलीको माधुर्य धुन लजाउँछ।

कति दिव्य तिम्रो अधरको जवानी,
लुटाएर पराई हुन लजाउँछ।

तिमी मुस्काउँदा जून लजाउँछ।
भँमराले फूल छून लजाउँछ।

~भट्ट,मदन
रसायनशास्त्र के.विभाग त्रि.वि. किर्तिपुर काठमाण्डौँ।

No comments :

Post a Comment