![]() |
मदन भट्ट |
तिमी जुन माग्छ्यौ,मसँग नुन छैन यहाँ।
कहाँबाट ल्याउँ अकबरी सुन छैन यहाँ।
तिमी गगनका तारा गन्दा म चाँही,
कठ्याङ्ग्रिदै छु चिसोले छल्ने ऊन छैन यहाँ।
तिमी कुरा गर्छ्यौ ती व्यञ्जन सोमरसका,
दुई छाक टार्ने खोले अनि भुटुन छैन यहाँ।
तिमी जुन माग्छ्यौ,मसँग नुन छैन यहाँ।
कहाँबाट ल्याउँ अकबरी सुन छैन यहाँ।
~भट्ट,मदन
रसायनशास्त्र के.वि.त्रि.वि. किर्तिपुर
No comments :
Post a Comment