Thursday, February 3, 2011

३. गजल - जीतु खड्का (गाँउले )

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
बंन्द गरी मनको दैलो बास माग्दै छु'म आज
आफ्नै ज्यान हत्या गरी लास माग्दै छु'म आज |१|


आफ्नै संम्झी सुम्पी दिए सारा मनका खुशी हरु
मनको भाँडो रित्तो पारी गाँस माग्दै छु'म आज|२|


दुख्छ छाती देब्रे पाटो सास फेरु कसरी म ?
आफ्नै मुटु भिक्षा दिई सास माग्दै छु'म आज|३|


म'त यसै मरी सके ढुकढुकी मै चलेको छ
कात्रो बेर्ने एउटै मात्र बाँस माग्दै छु'म आज |४|

No comments :

Post a Comment