Wednesday, February 2, 2011

२.गजल - ईन्दिरा प्रयास

ईन्दिरा प्रयास
सन्सारको रितै राम्रो
मदहोसी प्रितै राम्रो

मन भित्र मनै डुब्दा
जस्तोसुकै गीतै राम्रो

दु:ख पर्दा साथ दिने
मित्र भित्र मितै राम्रो

जिन्दगीको युद्ध लड्दा
सन्तुष्टीको जीतै राम्रो

प्रभातको लाली डाक्ने
पातमाथिको शितै राम्रो

एकान्तमा खुशी छाड्ने
आत्मीयको हितै राम्रो

No comments :

Post a Comment