![]() |
Madan Bhatta"समिप आभास" |
मोबाइलमा के के कुरा उतातिर चल्दै थियो।
किन किन यो मन भित्रभित्रै जल्दै थियो।
लामै थियो वार्तालाप मुस्काउँथ्यौ घरिघरी,
यता भने धड्कनको वेग बढ्दै थियो।
लुकिछिपि हेर्थ्यौ यता म भएकै तिर हो कि?
नजरका तीर उस्तै दिल भित्र गढ्दै थियो।
समिप हुन खोज्थे म,तिमी थियौ अलि पर,
विना स्पर्शकै यता, आफैँ मात चढ्दै थियो।
"समिप आभास"
No comments :
Post a Comment