![]() |
संगिता चौहान |
हे मान्छे तिमी काहाँ हिडीरहेछौ?
तिम्रो हिडाइको अर्थ के हो?
तिम्रो हिडाइ हेर्दा लाग्दैछ,
कुनै महत्पूर्ण कामलाई फत्ते गर्न जादैछौ ।
तिम्रा पाइलाहरु यसरी अगाडी बडीरहेका छन्
तिमी परिचितलाई पनि बेवास्ता गर्दैछौ
हे मान्छे तिमी काहाँ हिडीरहेछौ?
तिम्रा नजरहरु यस्ता देखिरहेका छन्
ति नजरको कुनै अर्थ झल्किएको छैन्
ति नजरमा कुनै भाव देखिएको छैन्
हे मान्छे तिमी काहाँ हिडीरहेछौ?
तिमी किन यसरी एकहोरो यात्रामा छौ
तिमीलाई कुनै वस्तुलाई हर्ने समय छैन
तिमीलाई आफ्नो अगाडी आँखा लगाउने मन छैन
हे मान्छे तिमी काहाँ हिडीरहेछौ?
तिम्रो हिजोको त्यो चन्द्रमा जस्तो मुहार
आज किन तिमी बादल लागेको मुहार लिएर हिडी रहेको छौ
तिमी किन यसरि रहस्यमय भावहरु लिएर हिडीरहेको छौ
तिमी किन यसरि रहस्यमय भावहरु लिएर हिडीरहेको छौ
हे मान्छे तिमी काहाँ हिडीरहेछौ?
तिम्रो हिडाइको अर्थ के हो?
यम. यस.चौहान
No comments :
Post a Comment