Tuesday, March 22, 2011

३९ गजल-भट्ट,मदन"समिप"









धेरै पछी आज तिमी सम्झिएर रोएँ।
पुरानो त्यो घाऊ फेरी बल्झिएर रोएँ।

तिमी थियौ र त चल्दथ्यो यो ढुकढुकी,
विरानो भो आफ्नै दिल तड्पिएर रोएँ।

कहीँ कतै मुटु दुखे हसाउँथ्यौ जिन्दगीमा,
विगतकै याद भित्र अल्झिएर रोए।

धेरै पछी आज तिमी सम्झिएर रोएँ।
पुरानो त्यो घाऊ फेरी बल्झिएर रोएँ।
~भट्ट,मदन"समिप"

No comments :

Post a Comment