
आकाशको जून रोज्नू भूल थियो।
त्यही जून आफ्नै सोच्नु भूल थियो।
हजारौँ ती फूलमा चुम्दै गुलाब,
दिलकै बाग भित्र खोज्नु भूल थियो।
सजाइ रोम रोम अनि कोषकोषमा,
द्यौता ठानी पत्थर ढोग्नु भूल थियो।
आकाशको जून रोज्नू भूल थियो।
त्यही जून आफ्नै सोच्नु भूल थियो।
~भट्ट मदन 'समिप'







No comments :
Post a Comment