तिम्रो बिहेको मण्डप बाट रुँदै फर्किएँ ,
हामि भेट्ने चौतारीको बाटो हुँदै फर्किएँ !! !
तिम्रो मिठो सम्झना लाइ बोतलमा छल्काउँदै ,
कोट उतारें टाईको गाँठो फुंदै फर्किएँ ,
यस्तै थियो भाग्य भनि चित्त बुझाएर ,
आंसुलेनै मनका व्यथा धुँदै फर्किएँ !!
हाम्रो बाचा कसमका साछी ति देउरालीमा ,
संगै रोपेका फूलहरुलाई छुँदै फर्किएँ!!!
पन्चे बाजा बजाउंदै जन्ती उकाली लागे,
बिछोड गीत गुन्गुनाउन्दै उँदै फर्किएँ!!!
तिम्रो बिहेको मण्डप बाट रुँदै फर्किएँ ,!!!
'सुमन काले'
सुमन घिमिरे
धापासी-8
No comments :
Post a Comment