Friday, March 25, 2011

४२ .गजल -सुमन घिमिरे-'सुमन काले'

आँखाहरु जुधेको थियो , दिल भित्र गडिन उनि ,
लास्कायेर चालहरु टक्क टक्क अडिन उनि!!

एउटा लामो प्रेमगजल आँखा भित्रै लेखिदिएँ ,
लजाएर नजिक सर्दै मेरै आँखा पडिन  उनि !!

दशा हो कि नशा हो मोहनी पो लाईन क्यारे ,
लठ्याएर 'काले' लाइ  अङ्ग अङ्ग चडिन उनि !!

माया त आगो हो रे भनेको त सुनेको थें ,
आफ्नै सामु देखें आज भित्र भित्रै डडिन उनि!!

आँखा मुटु दुवै बोले ओठ चलाउन सकिएन ,
अङ्कमाल गर्ने छाँटकाँट ले अल्ली अघि बडिन उनि !!

छितिजमा हेर्दै थिएँ , कति छिटै नजिक आईन ?
सपना पो रैछ हजुर मेरै काखमा लडिन उनि   !!!!
'सुमन काले'
सुमन घिमिरे ,
लम्जुंग,
 हाल , धापासी

No comments :

Post a Comment