Friday, March 25, 2011

४३.गजल -सुमन घिमिरे -'सुमन काले'

दुवै जना लाई हतार होला, अलमल नगर्नु सुहागरातमा ,
आउलो लगाउ, बत्ति निभाउ ,झलमल नगर्नु सुहागरातमा !

मुटुको धड्कन बढेर आउला, यौबनको पारो चढेर आउला ,
खापेरै बस ,हतार नगर , सलबल नगर्नु सुहागरातमा !

अङ्ग अङ्ग काउकुती लाग्ला , नसा नसा  फुलेर आउला,
उत्ताउली भन्ला फेरी उसले,चलमल नगर्नु सुहागरातमा !

ओठले ओठलाई डस्नु , चुप चाप लाएरै बस्नु ,
अईया-अईया , आत्थु -आत्थु, खलबल नगर्नु सुहागरातमा !!

यो त केवल सुरुवात हो..................., अझ धेरै गर्नुनै छ,.
न्वारन देखिको बल लगाएर, दलमल नगर्नु सुहागरातमा!
उत्ताउली भन्ला फेरी उसले,चलमल नगर्नु सुहागरातमा !!!!!!!!
२०६७/१०/२४
'सुमन काले'
सुमन घिमिरे 
लम्जुंग
हाल, धापासी-8

No comments :

Post a Comment