Sunday, April 3, 2011

५४. गजल 'सुमन काले"

 
के भाको हो? निलो छ नी गालो सान्नानी ?
काँ बाट आयो हातमा सुनको बालो  सान्नानी ?
 
तिम्रो पैह्रन देखेर आँखै तिर्मिर गर्यो मेरो,
लुगा हो कि माकुराको जालो सान्नानी ?
 
चप्पल फेरे जस्तै गरि केटाहरु फेर्छौ अरे,
कहिले आउँछ "घनश्याम" को पालो सान्नानी ?
 
अहिलेपो जवानी छ केहि नसोची चड्दै जाउली,
टुप्पामा पुगेसी भंचियेला डालो सान्नानी ?
 
ठमेलका रात्री बारको डिस्कोलाईट्मा भुलेकीछौ,
होला जीवन सधैं भरलाइ कालो  सान्नानी ?
के भाको हो? निलो छ नी गालो सान्नानी ?
१६/१२/२०६७ 
'सुमन काले"
मेलबाट प्राप्त गजल 
Suman Ghimire

No comments :

Post a Comment