हारिदिन्छु हजार पटक जीत देशका निम्ती ,
आज लेखें एउटा फेरी गीत देशका निम्ती ,!!!!!
रगत बगाऊँछु, पसिना बगाऊँछु, देशकै बिकाश गर्न,
लाऊँछु बरु माटो संगै मीत देशका निम्ती ,!!!!!
कित गर्छु कित मर्छु, आज एउटा कसम खान्छु,
मेरो प्रण जनाता निम्ती, कित देशका निम्ती ,!!!!
तन मन धन दिएर मै बनाउँछु मेरो देशलाई,
फोस्रा भासण ठोक्दैमा हुन्न हित देशका निम्ती ,!!!!!
गर्दा गर्दै मरें भने फेरी जन्मिन्छु येई माटोमा,
कैले पनि पुग्ने छैन धित देशका निम्ती ,!!!!!
१५/०४/२०६४
Suman Ghimire,
मेलबाट प्राप्त गजल 






No comments :
Post a Comment