Wednesday, March 30, 2011

५ २ गजल- 'सुमन काले'










साँझ पर्यो याद आयो, अनि हेरें तिम्रो फोटो,
बाकस बाट निकालेर, गनी हेरें तिम्रो फोटो!!

आँखा, मन, मस्तिष्कमा जताततै तिमिनै तिमि,
भित्ताको फ्रेमबाट उतारेर, पनि हेरें तिम्रो फोटो!!

कति खुसीको थियो पल तिमि साथ हुँदा खेरी,
तिमीले छोडेसी आज पागल, बनी हेरें तिम्रो फोटो!!

भक्कनिंदै रुंदा रुँदै नयनहरु सुकीसके,
मन भित्रै मायाको ईनार, खनी हेरें तिम्रो फोटो!!

कम्जोर भाछु, रोगि भाछु ओछ्यानमै परें म त,
सिरानीको आड लाउँदै, कनी हेरें तिम्रो फोटो!!

बिहे गरेउ खुसि छौ रे, मलाइ त भुलेउ होला?
अझै तिमीलाई माया, गर्छु भनी हेरें तिम्रो फोटो!!

साँझ पर्यो याद आयो अनि हेरें तिम्रो फोटो,
बाकस बाट निकालेर, गनी हेरें तिम्रो फोटो!!

सुमन घिमिरे
लम्जुंग, हाल काठमाडौँ,

No comments :

Post a Comment