Wednesday, March 30, 2011

५१.गजल-'सुमन काले'











तिम्रो मिठो याद बोकी , हिडिरा'छु अझै म,
"अनु"! तिम्रै नाम घोकी , हिडिरा'छु अझै म,!!

हाय! यस्तो किन गरेउ? यती सारै निस्टूरी भै?
बेदनामा ओठ टोकी, हिडिरा'छु अझै म,!!

मुटु भित्र छापिएको तिम्रो नाम मेटाउन,
बाटो बाटै बियर धोकी, हिडिरा'छु अझै म,!!

तिमीले फर्की बोलाऊँछौ कि अझै आस मर्या छैन,
टक्क टक्क पाईला रोकी, हिडिरा'छु अझै म,!!

यती साह्रो पिडामानी मर्न भने सकीन म,
आफ्नै मनमा खिल ठोकी, हिडिरा'छु अझै म,!!!

१५/१२/२०६७ 'सुमन काले'
सुमन घिमिरे
लम्जुंग, हाल काठमाडौँ,

No comments :

Post a Comment