चैते दशैं मेलामा दोहोरी गाउन कति मज्जा होला?
दोहोरी मा नै माया प्रिती लाउन कति मज्जा होला?
मल हाली मित्रताको पिरतीको बिज छर्न,
जोतेर तिम्रो मनलाई साउन कति मज्जा होला?
साँझ परेसी लुकी-लुकी , तिम्रो बाउको आँखा छली,
तिमि सुत्ने कोठामा नै धाउन कति मज्जा होला?
तिमि मेरो म तिम्रो भन्ने विश्वास दिलाएर ,
तिम्रो बहर जवानी लाइ दाउन कति मज्जा होला?
दुनियालाई बिर्सिएर सन्तुस्टीमा लीन भै,
रातै भरी तिम्रो साथ पाउन कति मज्जा होला?
मिठा मिठा बात मार्दै तिम्रै काखमा निदाएर ,
सपनामै प्रितीको घर छाउन कति मज्जा होला?
भाले बास्नु अघि, तिम्रो बाउ उठ्नु भन्दा पहिले ,
फर्कीएर आफ्नै घर आउन कति मज्जा होला?
१५/१२/२०६७ 'सुमन काले'
सुमन घिमिरे...
लम्जुंग, हाल काठमाडौँ,







No comments :
Post a Comment