Tuesday, March 29, 2011

४९ गजल -'सुमन काले'

मेरो जस्तै बिछोड भा' भए, एक भुँडी रक्सि पिएर जा यार,
प्याला भरी रक्सि घुट्का,अनि  नशा भरी उनलाइ  लीएर  जा यार!!!
 
रम्नु पर्छ, जम्नु पर्छ, कहिले काँही पिउनु पनि पर्छ ,
तर भन्दिन म उनको वियोगमा मै जस्तै खिएर जा यार!!  
 
मिलनमा खुसि हुन्छ मान्छे , बिछोड मा त मै जस्तै त हो,
आजको रात खुसि मना , फाटेको मन सिएर जा यार!!
 
बाच्नलाई  यो दुनिया मा, पल पल यहाँ मर्नुपर्छ,
भुल्दे सबै दुख कम से कम एकपटक त जीएर जा यार!!! 
 
रोगि भएँ, जोगी भएँ , उनले छोडेसी  झन् भोगी भएँ म,
मसंग त फुट्या कौडी छैन, खाको' पैसा दिएर जा यार !!!

१२/१२/२०६७ 'सुमन काले'
सुमन घिमिरे...
लम्जुंग, हाल काठमाडौँ,

No comments :

Post a Comment