Tuesday, March 29, 2011

४८.गजल -सुमन घिमिरे










संगै मिलि मायाको देस धाउने कहिले होला ?
तातो अग्नि छोई कसम ख्वाउने कहिले होला?

अत्यास लाग्छ कहिलेकाही जिन्दगीका मोड देख्दा,
हास्दा रुंदा उनको साथ पाउने कहिले होला?

संगै बाच्ने, संगै मर्ने दिन रात संगै हुने ,
कल्पनाको सुनौलो दिन आउने कहिले होला?

सिउँदो भरि सिन्दुर भरी हातमा चुरा टल्काएर ,
खुसि भै मिलन का गीत गाउने कहिले होला?

आफैंलाई बिर्सिएर उनलाई यति नजिक ल्याई .
मुटु भित्रै प्रीतिको घर छाउने कहिले होला?

दुनियालाई साछी राखी उनलाई आफ्नो बनाउन ,
मैले पनि बर माला लाउने कहिले होला??????
२०६७/४/२९ 'सुमन काले'
सुमन घिमिरे
लम्जुंग ,हाल काठमाडौँ.

No comments :

Post a Comment