![]() |
| सुमन घिमिरे |
देखें च्याप्प भिजेको जिउ सारा माधुरी ,
मेरो छुट्यो पसिनाका धारा माधुरी !!
बेमौसमी झरीहरुमा रुझ्दै किन हिनेको हो?
केहि बुझ्नै सकीन तिम्रो पारा माधुरी!
तिमीलाई देखे पछि बेहोस् भै पछि लागें ,
मिठो बोलीले नहाल फेरी चारा माधुरी !१
सिमलको काँडा हो कि घोच्ला झैं तिम्रो छाति ,
एकैचोटी देखियो सात तारा माधुरी !
नहेरुं भन्यो आँखा पुग्छन तिम्रो प्यासी अंगहरुमा ,
रहिछयौ तिमि सारैनै गाल पारा माधुरी !!
कसिलो जिउ बारुले कम्मर भुतुक्कै पारिदियौ,
नसालु हेराई रैछ ज्यान मारा माधुरी!
तिम्रो जस्तो कामुकता सायद अरुमा छैन होला!!
मेरी 'मधु' जिन्दाबाद लगाएँ नारा माधुरी!!
२०६३/९/२२
'सुमल काले'
सुमन घिमिरे
लम्जुंग ,हाल काठमाडौँ.








No comments :
Post a Comment