दोबाटोमा भेट हुँदा नानी भने कसो होला?
जे भनेनी रिसाउन्दिनौ ज्ञानी भने कसो होला?
देबलोक कि परी तिमी आकास बाट झरेउ कहिले?
मायाको सुबास छर्दै हिन्छौ , दानी भने कसो होला|?
हासको झैं चाला तिम्रो झरना झैं झर्छौ कैले,
चुलबुल गर्छौ चन्चले बानी भने कसो होला?
झिम झिम गर्छौ परेली मात लाग्छ गाजलुको ,
लट्ठीएर माया गरी सानी भने कसो होला?
जुन जस्तै उजेली छौ ,सगर सरि निर्मल चोखो ,
मनको दर्बार सजाउने रानी भने कसो होला?
पिपलपाते ओठ तिम्रो मह झैं छ मिठो बोली ,
मायाको प्याश मेटाउने , पानी भने कसो होला?
रेशमी त्यो कपालमा लुकामारी खेल्दा समीर ,
धुन बज्छ मादलुको तानी भने कसो होला?
सिमल काँडे बछ्य स्थल बारुले छ कम्मर तिम्रो ,
नारीत्तीने मायाको खानी भने कसो होला?
२०६७/११/१७ ' सुमन काले'
suman ghimire
lamjung,
now,dhapasi - 8, ktm

No comments :
Post a Comment