Sunday, September 18, 2011

137.गजल - "सुमन काले"














तिम्रो बिहेको, मण्डपमा, जव अग्नि, बल्न थाल्यो,
तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!

मन्त्र गुन्जीयो, पन्चै  बाझा, नाच्न थाले, जन्तीहरु,
रसायो आँखा, अनि हुरी, मुटु भित्र, चल्न थाल्यो!!

फुल अक्छेता , खस्दै थियो, तिम्रो घर, बस्दै थियो, 
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!

घुम्टो ओडेउ, जग्गे घुम्यौ, डोली माथी, बस्छौ अब,
कम्पित भयो, भुमी सारा, लौन जिऊ, गल्न थाल्यो!!

अन्धकार भो', दुनियानै, जव तिम्रो, डोली उठ्यो,
तिर्मिराए, आँखा मेरा, तोरी फूल, फल्न थाल्यो!!

तिम्रै नाममा, मर्छु होला, बाँच्दिनकी, अब धेरै?
यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो!!!

तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!
२५/१०/२०६८ "सुमन काले"

No comments :

Post a Comment