Sunday, September 18, 2011

138.गजल -राम शरण श्रेष्ठ















पागलझै उस्कै, तस्विर हेरी रोएँ ।।
धिकार्दै आफ्नै, तकदिर हेरी रोएँ ।।

दैबको पक्षपात, त्यो कठोर झेलमा,
यि हातका रेखा, लकिर हेरी रोएँ ।।

दिनभर हामी मायाँका, बातगर्ने ठाउँ,
त्यो चौतारि तलको, भिर हेरी रोएँ ।।

चुरा धागो अनि, सिउँदो सजाउन भनि,
ल्याएको रातो सिन्दुर, निर हेरी रोएँ ।।

पराईकै डोली चढि, गएपछि छाडि उनि,
बेज्यान यो धड्कन, शरिर हेरी रोएँ ।।

छैन कतै टुक्रिएको, मनजोड्ने बस्तु यहाँ,
यस्तै रहेछ खोलाको, किनार तिर हेरी रोएँ ।।


No comments :

Post a Comment