Sunday, September 18, 2011

139.गजल - राम शरण श्रेष्ठ













कतै आस कतै त्रास, भएको छ जीवन ।।
समयकै सै दास, भएको छ जीवन।।

नफर्कने यात्रा पनि, गर्न गाह्रो हुँदोरैछ
भोली भाली मात्र आस, भएको छ जीवन ।।

बनाउन खोज्यो झन, विग्रन्छ जताततै
परिश्रमको मात्र नास, भएको छ जीवन ।।

यो गर्छु उ गर्छु , हुँदा पनि लक्ष धेरै
ईस्वरकै भरमा बास, भएको छ जीवन ।।

बसन्तको अपेक्षमा, खडेरीमा भौतारिएँ
दैबबाटै उवहास, भएको छ जीवन ।।

गन्तब्यनै देखिँदैन, लामो भयो यात्राहरु
असफलता सधै पास, भएको छ जीवन ।।

गर्नु छ धेरै तर , मर्दै गयो सहास पनि
बाँकि मात्र जिउँदो लास, भएको छ जीवन ।।

राम शरण श्रेष्ठ “राम”
चिसापानी गा.वि.स,
बडा नं. ६, रामेछाप ।।

No comments :

Post a Comment