Wednesday, September 21, 2011

160.गजल-मिलन पाठक















उहि नयाँ बोतलको पुरानै रक्सिले झै अत्याउन
फेरी! अर्को तन्त्र, निचोरीएको मलाई अठ्याउन

मार्छु भन्छ अब, नबनाए उसलाई नै मुखिया
मेरो आफ्नो जमिन, आफ्नै पसिनाले पट्याउन

बिरालो मारेर मुसाहरु को सास्ती भने झै भाछ
सामन्तिले मोर्चा क्स्यो, यहाँ सर्बहारा लत्याउन

मालिक बनाउन, मलाई नै बेच्दैछ यो ब्यवस्था
प्रश्न स्वयम लाई, कति सम्म सक्छु पत्याउन?

उहि नयाँ बोतलको पुरानै रक्सिले झै अत्याउन
फेरी! अर्को तन्त्र, निचोरीएको मलाई अठ्याउन

No comments :

Post a Comment