Wednesday, September 21, 2011

161.गजल -सुमन घिमिरे















तिमी आयौ, समीपमा, सल्कीयो बैंश मेरो,
स्पर्श गर्यौ, अनि फेरी, छल्कीयो बैंश मेरो !!

बचाएर, राखेको थें, लुकाएर राखे थें ,
 तिमीलाई, भेट्ना साथै, झल्कीयो बैंश मेरो !!

मात लाग्यो, लट्ठ भएँ, के गर्यौ तिमीले यो?
आज हेर, अंग अंग, टल्कीयो  बैंश मेरो !!

यती मिठो, हुँदो रैछ, यौवनको यो खान्की,
मधुर त्यो, रस्-पानले, अल्कीयो (अग्लीयो) बैंश मेरो !!

तिमि र म, संग संगै , चरम उत्कर्षमा,
स्वर्णिम यो, स्वर्ग रैछ, पल्कीयो  बैंश मेरो !!

छताछुल्ल, टुक्रा-टुक्रा, एक झमटमानै,
यस्तो लाग्यो, अब त खै, ढल्कीयो बैंश मेरो !!

तिमी आयौ, समीपमा, सल्कीयो बैंश मेरो,
स्पर्श गर्यौ, अनि फेरी, छल्कीयो बैंश मेरो !!
१९/०४/२०६८ "सुमन काले"
सुमन घिमिरे
लम्जुंग , हाल काठमाडौँ!!!

No comments :

Post a Comment