Wednesday, September 21, 2011

162.गजल-सुमन घिमिरे
















मेरो मायाँलाई तिमीले  खोट लगायौ,
उखेली गुलाब पलाँस्को बोट लागायौ!!!

मनै त हो नी मेरो पनि दुख्छ पिंडामा,
थाहा हुँदा हुँदै तिमीले चोट लगायौ !!!

हात समाई लग्यौ भिर्मा अनि धकेल्यौ,
आफ्नो भने जिन्दगीलाई ओट लगायौ!!

तिम्रै मायाँले हेर म त भएँ लौरी झैं,
हाँसी-खुसी जिउमा तिम्रो मोट लगायौ!!

जोगी भएँ तिम्रै पिरले रोगी भएँ म,
नंग्याएर मलाई आफुँ कोट लगायौ!!!
आफ्नो भने जिन्दगीलाई ओट लगायौ!!
२८/०४/२०६८
"सुमन काले"
सुमन घिमिरे
श्री मंज्यांग - ८, लम्जुंग|
हाल धापासी काठमाडौँ!!

No comments :

Post a Comment