Thursday, September 22, 2011

165.गजल-कुमार बुढाथोकी "आयुष"















अनगिन्ती प्रेम पत्र लेख्छु अनि केर्ने गर्छु,
छेऊ पर्न डर लाग्छ परै बाट हेर्ने गर्छु !

जसरी'नी उनीलाई आफ्नो पारौ भन्ने सोचि,
जता जान्छिन् उनि उतै नजरले घेर्ने गर्छु !!

चाहनाको आकाशले एकैचोटि थिचिदिन्छ,
कल्पनामा डुब्छु अनि शिरानी'त्यो बेर्ने गर्छु !!

एकोहोरो माया सम्झि याद अझै बढे पछि,
भित्र भित्रै तड्पिएर लामो श्वास फ़ेर्ने गर्छु !!

अरुसंगै मस्किएको देख्दा खेरि एकान्तमा,
झुटो लाग्छ आफ्नै चाहा साँचो प्रिती सेर्ने गर्छु !!

कुमार बुढाथोकी "आयुष"

No comments :

Post a Comment