Friday, September 23, 2011

167.गजल शुमन घिमिरे

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
दुनियै भुली, तिम्लाई माया, गर्न त म सक्दिन है?
माया गरेनी, तिम्रै निमित्त, मर्न त म सक्दिन है!!?
 
कलेज यतै, जागीर यतै , यतै पर्छ पाई मेरो,
खाली छ तिम्रो , घरमा डेरा , सर्न त म सक्दिन है!!?
 
बा-आमा छन, परिवार छ, तिमी मात्रै हौ र मेरो?
लौ-धन्दा छाडी , भेट्न बेशी, झर्न त म सक्दिन है!!?
 
झम्के साँझमा, भेटौं  न भन्छौ, मन्को तिर्खा मेटौं भन्छौ ,
समाजको त्यो, सिमाना रेखा, तर्न त म सक्दिन है!!?
 
वर सरन, तिम्रो गरम, अंगालोमा बेर भन्छौ,
आँखा चिम्लेर, भरमा तिम्रै, पर्न त म सक्दिन है!!?
दुनियै भुली, तिम्लाई माया, गर्न त म सक्दिन है?
०३/०६/२०६८ 
"सुमन काले"

No comments :

Post a Comment