Monday, October 31, 2011

173.गजल-अभागी कान्छा गाउँले














याद सबै मेटाउनलाई, पिएर जिउछु प्रिय !
फाटेको यो मनलाई फेरी, सिएर जिउछु प्रिय !!

ज्यानै दिन्छु तिमि बिना, भन्नेको साथ छुटे पछि
हुस्की चुरोट साथमा सधै, लिएर जिउछु प्रिय !!

मैले हिड्ने बाटो अचेल, तर्की-तर्की हिड्छौ भने
दु:ख लिई सुख तिमीलाई, दिएर जिउछु प्रिय !!

जिन्दगीको गोरेटोमा, मेरो सामु तिमीलाई पाए
आत्मा जलाई हांसी खुशी, देखिएर जिउछु प्रिय !!

बाँच तिमि संसारको, सारा खुशीहरु बटुलेर
समयको चक्र संगै, रेटिएर जिउछु प्रिय !!

No comments :

Post a Comment