Monday, October 31, 2011

172.गजल - राम शरण श्रेष्ठ

राम शरण श्रेष्ठ

तिमी नजिक सर या, मै नजिक सरिदिन्छु ।।
तिमीले हुन्न भन्यौ भने, अजै म मरिदिन्छु ।।

पछुताउनु पर्ला भोलि, मेरो मायाँ सम्झी–सम्झी
छिटो गर निर्णय, तिम्रै पाउमा परिदिन्छु ।।

विपक्षमा तिम्रो.... र... परिवार.. मेरो छ
तिमी माने भैगो नि, तिम्रै हरण गरिदिन्छु ।।

यति था छ मलाई, तिमी बिना बाँच्नु छैन\
एक्लै फूल्नु परे बरु, कोपिलामै झरिदिन्छु ।।

बाचा गर्छु कसम खान्छु जे–जे भन्छौ त्यहि गर्छु
सारा खुसि समेटेर, तिम्रौ पोल्टो भरिदिन्छु ।।

तिमी भए म सँगै, सँसार पनि जित्न सक्छु
आउ यता मेरो सँसार, बाटोमा फूल छरिदिन्छु ।।

Ram Sharan Shrestha
Chisapani-6, Ramechhap

No comments :

Post a Comment