Tuesday, October 25, 2011

171.गजल- राम शरण श्रेष्ठ (तिहार बिशेष)

 
 
 
 
 
 
 
झिलिमिली बक्तीले उत्सब, ल्याओस तिहारमा ।।
सबैको घर - घरमा लक्ष्मी, आओस तिहारमा ।।

देशै भरि दिपावली , लाक्ष्मी पूजा भाईदिका
देउसी भैलो रमाईलो, धुन छाओस तिहारमा ।।

नहोस खालि निधार भाईको, हात दिदिबहिनीको
ओखर सँगै साँढेसाति, फुटि जाओस तिहारमा ।।

सप्तरंङ्गी टिका माला, दिदि बहिनीको हातबाट
सबले टिका यसपालि, लाउन पाओस तिहारमा ।।

झिलिमिली बक्तीले उत्सब, ल्याओस तिहारमा ।।
सबैको घर घरमामा लक्ष्मी, आओस तिहारमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

No comments :

Post a Comment