माया गर्छु नजिक आयौ, भन्दै मलाई !
प्रेम बढ्छ जुठो खायौ, भन्दै मलाई !!
पछी फेरी भनि र'लाउ, न सुनौला म
देउ जवाफ प्रेमी पायौ, भन्दै मलाई !!
जवाफ छैन् माया गर्छु, आशु झारी भन्यौ !
ज्यानै दिने माया लायौ भन्दै मलाई !!
तिम्रो साथ भुल्ने छैन, मरे बाचे कैले पनि
मलम बनि सधै छायौ, भन्दै मलाई !!
आँखा भरि आशु पारि, संसार छाड्नु अघि
पिरतिको गीत गायौ, भन्दै मलाई !!
०४/११/२०११
No comments :
Post a Comment