Thursday, November 10, 2011

177.गजल- कृष्ण के श्रेष्ठ


 












राम्रो काम गर अनि पो विकास हुन्छ
मर्नै परे मर अनि पो विकास हुन्छ

खेतबारी त्यत्रा बाँझो छाडी किन राख्छौ?
धान मकै छर अनि पो विकास हुन्छ

जान देउ माथि अरु हैन देश लाई
आफु तल झर अनि पो विकास हुन्छ

कहाँ देश बन्छ? सबै चुप चाप बसे
अघि अघि सर अनि पो विकास हुन्छ

अझै कति चल्ने? बिदेशीको इशारामा
आफ्नै भर पर अनि पो विकास हुन्छ

No comments :

Post a Comment