Sunday, November 13, 2011

181.गजल- नारी......(शाहदेब कटवाल)

शाहदेब कटवाल















सृष्टीकी तिमी जननी जगतकी माता नारी
पुरुषको भाग्य लेख्ने भाग्य बिधाता नारी ।

सुनारको सय चोटलाई लोहारको एकै चोट
बनाउने तागत तिम्रो सबैकी बाध्याता नारी ।

सहनशील पृथ्वी र काली पनि बन्न सक्ने
राम रावण दिन सक्ने  जन्मदाता  नारी ।

द्रौपदी भै बहुपति स्वीकार्न  सक्ने अनि
अग्नी परीक्षा दिने  सीता पतिव्रता  नारी ।

सौभाग्य र सौन्दर्यकी नरित्तिने खानी तिमी
काँडामा पनि झेलिन सक्ने तरुलता  नारी ।
शाहदेब कटवाल
हाल अबुधाबी

No comments :

Post a Comment