Sunday, November 13, 2011

182.गजल-उपेन श्रेष्ठ















जूनका-ज्योति भित्र छौ भने कोही
सागरका मोति भित्र छौ भने कोही

धड्कन बनि धड्किरहनु सगरमाथाको
बुद्दका छाती भित्र छौ भने कोही

प्यास मेटाउनु हृदयमा शीत्तल छाउनु
जरुवाको पानी भित्र छौ भने कोही

फुटाएर आँशूको ताल वाहिरिनु है
आँखाका नानी भित्र छौ भने कोही

छरिनु है संसारमा शान्ति फैलाएर
फूलका -थुंगा भित्र छौ भने कोही

उपेन श्रेष्ठ 'उज्जल' (हाल-Sk)

No comments :

Post a Comment