Sunday, November 13, 2011

183.गजल-सौरभ कार्की

सौरभ कार्की














उजाड मनमा सिचाई गर्ने नहर कहाँ छ ?
नसोध भो सुनाउने मीठो खबर कहाँ छ ?

पूर्व पश्चिम तिम्लाई भेट्न दौडिरहे सधै
तर तिमी लुक्ने छुट्टै सहर कहाँ छ ?

तिमी नै हौ प्राप्ति मेरो त्याग र तपस्या
टुक्रिएको मुटुमा बाँकी रहर कहाँ छ ?

विहान होस या दिन साँझ रातको त्यो कुरा
यादमा तिम्रै नतड्पेको प्रहर कहाँ छ ?

तिम्रै नाममा मर्न खोज्ने संसारमै कति कति
म खोज्दैछु म उभिएको लहर कहाँ छ ?

तिमी पारि तरेपछि पुल भत्क्यो अरे
अव तिम्लाई भेट्न आउने डहर कहाँ छ ?

तिमी विनै बाँच भन्छौ हाँस पनि भन्छौ
मर्नलाई पिउनैपर्ने जहर कहाँ छ ?

गजलको नि लय हुन्छ छन्द हुन्छ भन्छन्
खोज खोज यै गजलमा बहर कहाँ छ ?

सौरभ कार्की
झुले–४, दोलखा

No comments :

Post a Comment